काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एकीकृत समाजवादी) लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
उनले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गरे । उनले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताए ।
संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताउँदै भने, ‘नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकारमात्रै होइन । आज विपक्षी बेन्चमा बसिरहनुभएका दलको नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा २०७९ पछि तीन पटक अध्यादेश ल्याउनु भयो । झन्डै १४ कानूनहरु संशोधन गर्नुभयो । ति मिटरब्याजको सम्बन्धमा पनि थिए । लगानी सम्मेलनको पूर्वसन्धयामा अध्यादेश आएको थियो । जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ । अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’
उनले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्