Shikhar Insurance
National Life

सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छ: सभापति देउवा

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र काँग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गरे । उनले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउावले बताउँदै भने, ‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो । काँग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो । सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ छ । मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो । सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ । र अगामि दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’

सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उनले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्