काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
कम्पनीले पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट हाल कायम चुक्ता पूँजीबाट १:०.८ अनुपातमा हकप्रद सेयर निष्कासनको लागि स्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्