काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुुक्ता सूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँको आघारमा सेयरधनीहरुलाई १० प्रतिशत बोन सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत दिने भएको छ ।
साथै, प्रस्तावित लाभांश बीमा प्रधिकरण र वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई विवरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्