काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयँमा कारोबार भएको छ । अघिल्लो दिन (बिहीबार) १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदी मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्