काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा १४.१२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आव सोही अवधिमा २३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीले अघिल्लो आवको सोही अवधिमा २ अर्ब ६५ करोड ४४ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले ६ महिनामा २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आव सोहि अवधिमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सो अवधिमा कम्पनीको महाविपति कोषमा २१ अर्ब ७५ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ रहेकाे छ ।
५ अर्ब रुपैयाँ रहेको चुक्ता पुँजी रहेको कम्पनीको बेसिक प्रतिसेयर आम्दानी १०.७१ रुपैयाँ, पीई रेसियो ४३.५५ रुपैयाँ, नेटवर्थ १५२.२३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्