Shikhar Insurance
National Life

केपी ओली जेठ २ अघि फर्कन तयार, हस्ताक्षर फिर्ता नहुने, मिल्दै एमाले

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार २२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को विवाद समाधान उन्मुख भएको छ । कार्यदलमा सहभागी नेताहरुले आन्तरिक समझदारी बनेको हो । कार्यदलले तयार पारेको समझदारीको अनौपचारिक विषयलाई अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले अन्तिम रुप दिनेछन् ।

श्रोतका अनुसार अदालतमा रहेको मुद्धाको विषयलाई प्रभावित नपार्ने र एमालेलाई पूर्णतः २०७५ जेठ २ अघिको संरचनामा फर्काउन कार्यदलमा समझदारी बनेको छ । ओलीले सो समझदारीलाई स्वीकार गरेमा भोली बरिष्ठ नेता नेपालसँग निर्णायक छलफल हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माधव नेपालले आफ्नो दुई बटमलाइन अदालतमा बुझाईएको हस्ताक्षर फिर्ता नलिने र एमालेलाई २०७५ जेठ २ अघिको संरचनामा फर्काउन तयार नभएसम्म छलफलको औचित्य नरहेको बताउँदै आएका छन् । ओलीले ति दुबै विषय मान्न आफु तयार भएको सन्देश कार्यदल सदस्यहरु मार्फत पठाएका छन् ।
दुई नेताबीच समझदारी भएमा अब नेकपा(एमाले)का हरेक निर्णयहरुमा अध्यक्ष र बरिष्ठ नेता नेपालका बीचमा समझदारी गरेर मात्रै अघि सारिनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्