सुनसरी । जिल्लामा लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेनगरेको पत्ता लगाउन उपकरण अभावमा सुरक्षाकर्मीलाई काम गर्न कठिन भएको छ ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जिल्लामा लापसे र मापसे गर्नेलाई कारवाही गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ट्राफिक प्रहरी र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले नियमित चाँज गरिरहेको बताएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्म मापसे गरी सवारीसाधन चलाउने सात सय ३२ जना र लापसे गरी सवारीसाधन चलाउने ४३ जनालाई कारबाही गरिएको उनले जानकारी दिए ।
सो अवधिमा लापसे र मापसे गरी सवारीसाधन चलाउँदा नौ सवारी दुर्घटना भएका थिए । ‘अधिकांशले भारतीय सीमा क्षेत्रमा गएर लापसे र मापसे गर्ने गरेको पाइएको छ’, प्रहरी उपरीक्षक तिमल्सिनाले भने । उनका अनुसार सो अवधिमा लापसे र मापसे गरेका व्यक्तिबाट ४ लाखभन्दा बढी राजस्व असुली गरिएको छ । ‘लापसे र मापसे गर्नेलाई निरुत्साहित गर्न सचेतना अभियान चलाएका छौँ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्