Shikhar Insurance
National Life

६ महिनामै ७ अर्ब ४६ करोड बढी पाेलीसी सरेण्डर, सबैभन्दा धेरै एलआईसी नेपाल

सिंहदरबार संवाददाता
२०८१ माघ १५, मंगलवार १४:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्षको पुसमसान्तसम्म जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर बढेको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा १४ जीवन बीमा कम्पनीका ५४ हजार ४ सय १४ बीमितले ७ अर्ब ४६ करोड ६६ लाख ७२ हजारको बीमा सरेण्ड गरेका हुन् ।

पोलिसी सरेन्डर धेरै हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) परेको छ । नेपाल बीमा प्राधिरकणको तथ्याङ्क अनुसार एलआइसीको २ अर्ब ३८ करोड ५९ लाख ५६ हजार रुपैयाँ बराबरको १३ हजार ९ सय ६८ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख बराबरको ७ हजार २ सय ७ वटा बीमालेख सरेण्डर भएको छ ।

मेट लाइफको ४६ करोड ५१ लाख रुपैयाँ बराबरको ३ हजार १ सय ४ वटा बीमा सरेण्डर भएका छन् भने सानीमा रिलायन्स इन्स्योरेन्सको १३ करोड १२ लाख रुपैयाँ बराबरको ९ सय ४२ वटा सरेण्डर भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ४६ करोड ८१ लाख बराबरको ४ हजार ४ सय ५ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ४६ करोड ५१ लाख बराबरको ३ हजार १ सय ४ वटा बीमालेख सरेण्डर भएको छ ।

नेपाल लाइफको २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको १२ हजार २ सय ४१ बीमितले बीमालेख सरेण्डर भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३८ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ४० वटा बीमालेख बन्द भएको छ ।

हिमालन लाइफको ३३ करोड २३ लाख रुपैयाँ बराबरको ३ हजार ५ सय ९० वटा बीमालेख सरेण्डर भएका छन् भने आइएमई लाइफ इन्स्योरेन्सको ९ करोड ८६ लाख रुपैयाँ बराबरको ९ सय ८ वटा सरेण्डर भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको ११ करोड ५८ लाख रुपैयाँ बराबरको १ हजार ३ सय ८८ वटा सरेण्डर भएको छ भने प्रभू महालक्ष्मी लाइफको ९ करोड ८२ लाख रुपैयाँ बराबरको ७ सय ३ वटा बीमालेख सरेण्डर भएको छ । रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ५६ लाख रुपैयाँ बराबरको ८ सय ६३ वटा बीमा सरेण्डर भएको छ ।

साथै, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५२ लाख रुपैयाँ बराबर ३ सय ६१ वटा बीमा सरेण्डर भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्