Shikhar Insurance
National Life

२४.५० अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ माघ १५, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.५० अंकले बढेर २६५७.७७ मा पुगेको हो ।

मंगलबार ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ३८ करोड २१ लाख ३२ हजार १ सय ८७ रुपैयाँ कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता १ हजार ३ सय ९२ रुपैयाँ ४० पैसा रहेको छ ।

साथै, आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दोल्ती पावरको सेयर मूल्य ८.४३ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्