काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनानु दिन घटिरहेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको भाउ आज (मंगलबार) ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँमा किनेबच भएको छ ।
त्यस्तै, आज चाँदी मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्