Shikhar Insurance
National Life

अब ब्रोकरको पनि आईपीओ !

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । ब्रोकरहरुको आईपीओ जारी गर्न पाउनुपर्ने माग उठेको छ । स्टक ब्रोकर एसोसियसनका तर्फबाट अध्यक्ष सन्तोष मैनालीले नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा सुझाव दिँदै ब्रोकरहरुलाई आईपीओ जारी गर्न पाउने र सक्ने गरी पब्लिक कम्पनी बनाउनुपर्ने आवाज उठाएका हुन् ।

“ब्रोकरलाई संस्थागत बनाउने विषय चर्चामा आइरहेको छ,” मैनालीले भने, “सिमितको मात्र लगानी हुने गरी पब्लिक बनाउँदा विकृति निम्त्याउँछ । पब्लिक बनेर पब्लिकमा जान नपाउने स्थिति ठीक हुँदैन ।”
संस्थागत बनाउने कुरा ठीक भएपनि पब्लिक बनाएर आईपीओ नै जारी गर्न पाउने र सक्ने गरी अगाडि बढ्यौं भने सहभागिता बढाउने उको धारणा छ । “यसो गर्दा पारदर्शिता र कम्प्लायन्स सबै बलियो बनाउँछ,” उनले भने, “कागजमा लेख्न मात्र प्रालिबाट पब्लिक बनाउने हैन साँच्चै पब्लिक बनाऔं ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालमा ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट लगायत थप सेवा दिने व्यवस्था गर्न माग पनि गरे । “बजारको पहुँच बढाउन ब्रोकरको संख्या थपेर मात्र हुँदैन । आधिकारिक प्रतिनिधि बढाएर अघि बढ्दा बजार विकास राम्रो हुन्छ,” मैनालीले थपे, “डिजिटल केवाईसी चाँडै कार्यान्वयन आउनुपर्छ ।”

मैनालीका अनुसार अहिले प्रविधि मैत्री प्रणाली नभएर समस्या आएको बताए । उनले भने, “सेयर र रकम नपाउने कारण अन्तरआवद्धता नभएर हो ।”

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्