काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ मा पुगेको छ ।
आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार घ सय ६७ कित्ता सेयर किनबेच हुँदा ९ खर्ब १२ करोड ८६ लाख ७३ हजार ५ सय १४ रुपैयाँ कारोबार भएको छ ।
आइतबार ४ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेकोछ । त्यस्तै, आज धौलागिरी लघुवित्तको ९.९२ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ८.६० प्रतिशत सहित १५१ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्