काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा बजारमा कारोबार भएकाे छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्