Shikhar Insurance
National Life

‘केई एक्स-३ प्रो’ अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

सिंहदरबार संवाददाता
२०८१ माघ ११, शुक्रबार १३:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स-३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ ।

अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स-३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो अफर केहि अवधिको लागी मात्र लागु हुनेछ । कम्पनीका अनुसार कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक्स-३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३।६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । त्यसैगरी, डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

एक्स-३ प्रो ईभीको लम्बाई ४ हजार ४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।

केई एक्स-३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी(लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स-३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितीसँग, केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरुम सञ्चालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्