Shikhar Insurance
National Life

अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित

सिंहदरबार संवाददाता
२०८१ माघ ११, शुक्रबार ११:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । विगत तीन दिन यता बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गत सोमबारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो ।

विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला,मजदुरी गर्नेहरु मारमा परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ । स्थानियहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जनकपुरधाममा शुक्रवार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ ।

जारी शितलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्