झापा । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म २ अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ खर्च भएको छ ।
‘चालुतर्फ विनियोजित १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् ७ अर्ब २६ करोड ६३ लाख खर्च भएको छ’ उनले भने । समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशतअर्थात् रु नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए ।
उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् । चालु आवको पुस महिनासम्ममा जिल्लाभर रु नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ राजस्व सङ्कलन भएको छ ।
उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले ७ अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्