काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्