Shikhar Insurance
National Life

सर्लाहीमा छ वर्षदेखि आयोजना अलपत्र हुँदा खानेपानी समस्या

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार १३:३४
Hyundai
NCELL
NIMB

सर्लाही । छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोखे । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दु:ख पाएको उनको भनाइ छ ।

लामाको आँगनमा गाडेको ट्युबेलबाट निकै आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको सङ्क्रमण फैलिएको हल्लापछि उनको पनि ट्युबेलको पानी प्रयोग बन्द गरे । तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उनले बताए । ‘बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ’ लामाले भने ‘पानी आएर गइसकेको हुन्छ । थाप्न पनि भ्याइँदैन । साँझमा पनि विजुली भएको समय दुई घण्टा आउँछ । खाना पकाउने पानीसम्म पनि कि त किन्नु पर्यो कि त माग्नुपर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

लामाजस्तै हरिवन नगरपालिका–५, निवासी प्रेमशीलाकुमारी साहको समस्या पनि फरक छैन् । घरमा एक्ले उनले कयैन पटक पानी थाप्न नपाउँदा खाने पानीसमेत किनेर खानुपरेको बताउनुहुन्छ । अझ पानीको समस्याले धेरै महिलालाई पिरोल्ने गरेको उनले अनुभव छ । पानीको समस्याले परिवारमा कलह हुने तथा महिला घरेलु हिंसासमेतमा परेको उनको भनाइ थियो । खेतबाट फर्कँदा पानी थाप्छ ढिला भएकाले छिमेकमा झैझगडासमेत हुने गरेको उनले सुनाए । हुने खानेहरू जारको पानी किनेर खाने गर्छन, विपन्न परिवार अलपत्र आयोजनाको चपेटामा रहेका उहाँको भनाइ छ । पानीको समस्याले पालेको पशु वस्तुसमेत बेच्नु परेको साहले गुनासो गरे ।

वि.सं २०७५ सालबाट निर्माण शुरु भएको आयोजनामा चरम ढिलासुस्ती भएपछि उपभोक्ता समितिले सिधै डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । यसले एकतर्फ स्थानीयलाई पानी कुरेर बस्नु पर्ने बाध्यता छ । अर्कोतर्फ समितिको विद्युत् लगानीलगायतको खर्च आम्दानीभन्दा धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मनोज लामाले गुनासो गरे । उनले भने ‘सरासर काम गर्दा सात महिनामा सकिने काम छ वर्षदेखि अलपत्र पारेर राख्दा आयोजनाको लागत समेत बढिरहेको छ ।’

नगर जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताए । पानी खुवाउन भनेर पाइप लाइन र धारासमेत वितरण भइसक्दा पनि ओभरहेड ट्याङ्की निर्माण नसकिएको उनको भनाइ छ । काम अलपत्र हुँदा वडाका नौ सय नौ हजार तीन सय घरधुरीले स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित हुनुपरेको छ ।

यस वडामा झण्डै डेढ दशकदेखि मानिसमा क्यान्सरजन्य घातक रोगको सङ्क्रमण देखिएको छ । क्यान्सरको सङ्क्रमणबाट आक्रान्त स्थानीयले पानीको समस्या आँकलन गर्दै ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् । त्यसयता यस वडामा मात्र एक दर्जन बढी गाउँका स्थानीयले पिउने पानीको सङ्कट झेलिरहेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो ।

अत्यधिक आर्सेनिक युक्त पानी फेला परेको र स्थानीयमा क्यान्सरको महामारी रहेको विभिन्न सञ्चार माध्यममा खबर फैलिए पछि सङ्घीय सरकार अन्तरगत खानेपानी मन्त्रालयले पानी परीक्षण गराएको थियो । त्यसबाट यस क्षेत्रका ट्युबेलको पानी पिउन अयोग्य रहेको भन्दै प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरु गरेको थियो । आयोजना अन्तरगत ओभरहेड ट्याङ्की निर्माणकार्य नै अलपत्र बनेपछि स्थानीयको खानेपानीको समस्या ज्युँका त्युँ बनेको हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले बताए । प्रदेशबाट सुरु भएको योजना भएकोले नगरले लगानी गर्न पनि नसकेको र ताकेता गर्दा पनि अटेर गरेको उनको दावी छ ।

यता डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलङ्गवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा समयमै कार्य सम्पन्न हुन नसकेको बताए । ‘यो सङ्घीय सरकारको योजना हो’ उनले भने ‘वर्षेनी थोरैथोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो ।’ यस वर्ष प्रदेश सरकारबाट ४० लाख विनियोजन भएकाले काम सम्पन्न हुने विशवास व्यक्त गर्नुभयो । दुई लाख २५ हजार घनमिटर क्षमताको ट्याङ्की निर्माणको लागि सङ्घ सरकारले गत वर्षसम्म ८० लाख खर्च गरिसकेको बताइएको छ ।

यस वर्ष सङ्घ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट रु ४० लाख हालेर काम सम्पन्न गर्ने योजना बनाएको उनको भनाइ थियो । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर–५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का सकारेको थियो । निर्माण कम्पनीले कुल ७४ लाख ९९ हजार तीन सय ४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्