Shikhar Insurance
National Life

सिप्रदी ट्रेडिङले एकैदिन महानगर यातायातलाई दियो ४० वटा ठूला बस डेलिभरी,’अब्बल सर्भिस दिने प्रतिबद्धता’

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । महानगर यातायातले ४० वटा नयाँ बस थपेको छ । नेपालमा सिप्रदी ट्रेडिङ प्रालीले बिक्री गर्दै आएको एलपी ४१२ मोडलको ४० वटा बस महानगर यातायातले थप गरेको हो ।

बिहीबार  सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले महानगर यातायातलाई चाबी हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चाबी हस्तान्तरण गर्दै सिइओ श्रेष्ठले भने, “हामी राम्रो सर्भिसमा विस्वास गर्छौं, ९ वर्षपछि जसरी ४० वटा बस लिनु भएको छ, यसपछि म प्रतिबद्धता व्यक्त गर्न चाहान्छु की सिप्रदीको तर्फबाट सबै सेवा दिन हाम्रो टिम तयार छ । ”

नयाँ बस थपिएसँगै उपत्यकामा चल्ने महानगर बसको संख्या ८९ वटा पुगेको छ ।

कम्पनीले २०७२ सालमा काठमाडौंको चक्रपथमा गुड्ने गरि एकै पटक ३९ वटा ठूला सिटी बसहरु संचालन गरेको थियो।  बसको चाबी ग्रहण गर्दै महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले भने, ‘यहाँसम्मको यात्रामा सिप्रदी ट्रेडिङ प्रालीले हामीलाई गरेको सहयोग र समन्वय पनि हाम्रो सफलताको एउटा कारण हो भन्ने हामीले ठानेका छौं। आगामी दिनमा पनि त्यस्तै साथ र सहयोगको अपेक्षा सहित आजको यस विशेष अवसरमा सिप्रदीको टिम र कार्यकारी प्रमुख राजनबाबु श्रेष्ठलाई धन्यवाद दिन चाहन्छौं ।’

कम्पनीको एउटा कठीन यात्रामा पनि संभावना देखेर महानगर यातायातमा आवद्ध हुने व्यवासयी मित्रहरुको आँटप्रति सम्मान व्यक्त गर्दै, यो यात्रालाई सहज र सफल बनाउन सुरुवाती दिनदेखि नै सहकार्य गर्ने बैंक इन्स्योरेन्स कम्पनी, ट्राफिक प्रहरी र काठमाडौं तथा ललितपुर महानगरपालिकाप्रति उपाध्यक्ष खतिवडाले खुशि व्यक्त गरे ।

उपाध्यक्ष खतिवडाले थपे, ‘हामी यो घोषणा गरिरहँदा खुसी छौं कि नयाँ बसहरु संचालनमा आएसंगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ। आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।’

विश्वव्यापी रुपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको व्यवहारिक पक्षको बारेमा पनि अध्ययन गरिरहेको उपाध्यक्ष खतिवडाले बताए । उनका अनुसार निकट भविश्यमै दश वटा विद्युतीय बसहरु संचालनमा ल्याउने र एक वर्ष भित्रै ५० वटा त्यस्ता विद्युतीय बसहरु संचालन गर्ने तयारीमा कम्पनी छ । जुन बसहरु काठमाडौंको वातावरण मैत्री, यात्रु मैत्री र व्यवसायीका लागि पनि लाभदायी हुने विश्वास कम्पनीले विस्वास लिएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्