Shikhar Insurance
National Life

चिसोका कारण इटहरीमा विद्यालय बन्द

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार १०:५९
Hyundai
NCELL
NIMB

सुनसरी । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।

केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्