Shikhar Insurance
National Life

माघ २१ गतेदेखि आइपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विदेशि रोजगारीमा रहेको नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने लागेको हो ।

हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर पहिलो चरणमा निष्कासन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाईन मार्फत आवेदन दिन सकिनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्