काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल बजेट महाशाखा छाडेर एशियाली विकास बैंकमा जागिर खाने भएका छन् । अमेरिकन डलरमा तलब आउने सो जागिरका लागि मन्त्रालयले सहसचिव नेपाललाई रोजेको हो ।
मन्त्रिपरिषदको माघ ७ गते बसेको मन्त्रिपरिषद बैठकले एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नेपालको तर्फबाट मनोनयन गरेको हो ।
अर्थ मन्त्रालयले कोभिड महामारीबाट प्रभावित नागरिकलाई प्रतिपरिवार १० हजार बाढ्नेगरी बनाएको कार्यविधि खारेज गरेको छ । मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गरको हो । यस्तै, सहलगानी सम्बन्धि कार्याविधि २०७७ पनि सरकारले खारेज गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय
प्रतिक्रिया दिनुहोस्