Shikhar Insurance
National Life

६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले उठाए साढे ८० अर्ब कुल बीमा शुल्क, कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ९, बुधबार १५:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ८० अर्ब बढी रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुबाट ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

पुसमसान्तसम्मा सबैभन्दा धेरै कुल बीमाशुल्क उठाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुसमसान्तसम्मा २२ अर्ब ४५ करोड ७७ रुपैयाँ संकलन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आव पुस मसान्तसम्मा राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ संकलन गरेको छ भने नवीकरण बीमाशुल्क २ अर्ब २४ करोड रुपैयाँ बुझाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनासम्ममा ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ संकलन गरेको छ भने ७ अर्ब १५ करोड ५५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क लागेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क उठाएको छ भने ६ महिनासम्ममा  ८ अर्ब १२ करोड बढी नविकरण बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफले ६ महिनामा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा नविकरण बीमाशुल्क भने २ अर्ब २४ करोड रुपैयाँ उठाएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउनदेखि पुसमसान्तसम्ममा ४अर्ब २१ करोड८६ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएको छ भने नविकरण शुल्क ३ अर्ब २९ करोड उठाएको छ ।

६ महिनासम्ममा  आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ४४ करोड रुपैयाँ उठाएको छ भने १ अर्ब ७० करोड नविकरण शुल्क बुझाएको छ । पुसमसान्तसम्मा सन नेपाल लाइफले २ अर्ब ३१ लाख रुपैयाँ संकलन गर्दा नविकरण बीमाशुल्क भने १ अर्ब २९ करोड रुपैयाँ उठाएको छ ।

साथै, रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको कारोबाार गर्दा नविकरण बीमाशुल्क १ अर्ब ६५ करोड २९ लाख रुपैयाँ रहेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सले ६ महिनासम्मा ३ अर्ब ३८ करोड रुपैयाँको कारोबार गर्दा २ अर्ब ३८ करोड नविकरण बीमाशुल्क उठाएको छ ।

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ६ करोड रुपैयाँको कारोबार गर्दा ३अर्ब ७४ करोड ९४ लाख रुपैयाँ नबीकरण बीमाशुल्क रहेको छ । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्मा ३ अर्ब २४ करोड रुपैयाँको कारोबार गर्दा २ अर्ब ३६ करोड रुपैयाँको नविकरण बीमाशुल्क उठाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले चालु ६ महिनासम्मा ८ अर्ब ३३ करोड ८ लाख रुपैयाँको कारोबार गर्दा ७ अर्ब ५ करोड रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गर्दा १ अर्ब ७४ करोड रुपैयाँ बीमा नविकरण शुल्क उठाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्