Shikhar Insurance
National Life

भाटभटेनी सहित ८ फर्मको भ्याट विवरण नै ह्याकरले उल्टो भरिदिएपछि…

सिंहदरबार संवाददाता
२०८१ माघ ९, बुधबार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । पुस अन्तिम साता भाटभटेनी सुपर मार्केट सहित ८ वटा व्यावसायिक फर्महरुले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण पेश गर्न प्रयास गरे । तर विवरण पहिलेनै बुझाएको पाएपछि करदाताहरु झस्किए ।

यसपछि करदाताहरुले आन्तरिक राजस्व कार्यालय भरतपुरमा निवेदन दिए । कार्यालयले निवेदनमा अनुसन्धान गर्दा अर्कै व्यक्तिले कम्पनीहरुको विवरण दाखिला गरेको भेटियो । यसपछि कार्यालयले विभागलाई जानकारी गरायो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

८ व्यवसायिक फर्मको विवरण अनाधिकृत व्यक्तिले पेश भएको विषयमा अहिले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरिरहेको भरतपुर कार्यालयका प्रमुख पुण्य बिक्रम खड्काले जानकारी दिए । प्रमुख कर अधिकृत खड्काले सिंहदरबारसँग भने, “करदाताको गुसानपछि हामीले विभागमा समेत जानकारी गराएका छौं, मध्ये एक फर्मले पाँच वर्षदेखि पासवर्ड परिवर्तन नगरेको भन्ने सूचना प्राप्त भएको छ, थप विषय अनुसन्धानपछि आउनेछ ।”

स्रोतका अनुसार चितवनका एक अडिट फर्ममा काम गर्ने व्यक्तिहरुले भाटभटेनीको स्थायी लेखा नम्बर प्राप्त गरी लगइन गर्ने क्रममा सफलता प्राप्त गरेका थिए । भाटभटेभनीको प्रणालीभित्र गएर विवरण हेरेको भएपनि विवरण तलमाथी नगरेको उनीहरुले बताएका छन् । सोहि आइपी एड्रेस प्रयोग गरी अन्य व्यक्तिले विवरण तलमाथी गरेको उनीहरुको दाबी छ । यद्यपी विभागको प्रणालीबाट उनीहरु नै दोषी देखिएको विभागले जनाएको छ ।

विवरण तलमाथी भएपछि केन्द्रिय अन्सनधान ब्यूरो (सिआईबी) ले २ जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व विभागको प्रणालीमा अनधिकृत व्यक्ति प्रवेश गरी विवरण तलमाथी गरेको पत्ता लागेपछि विभागले नै प्रहरीलाई उजुरी गरेको विभागका महानिर्देशक रामप्रसाद आचार्यले बताए । महानिर्देशक आचार्यले भने, “लामो समयदेखी युजर नेम र पासवर्ड परिवर्तन नगरी बसको फर्मको सो फर्म छाडेर अर्को फर्ममा गएपछि पुरानो फर्मले विवरण तलमाथी गरेको पाइएको छ । यो पत्ता लाग्ने बित्तिकै मैले नै प्रहरीलाई फोन गरेर ती व्यक्तिहरुलाई पक्राउ गर्न भनेको हुँ ।”

महानिर्देशक आचार्यका अनुसार फर्म छाडेपछि कम्पनीहरुले अनिवार्य रुपमा युजर नेम र पासवर्ड परिवर्तन गर्नु पेर्नेछ । पक्राउ पर्नेमा चितवनमा परिन पाण्डे र सन्तोष पराजुली रहेका छन् ।

यद्यपी विभागको प्राविधिक पक्ष निकै कमजोर रहेको बुझिएको छ । कुनै कम्पनीको पान नम्बर लिएर निरन्तर प्रयास गरेको खण्डमा सजिलै खोल्न सकिने किसिमको छ । किनभने विभागको सिस्टममा जतिपटक प्रयास गर्दापनि लक नहुने सिस्टम रहेको छ । यस्तै, युजर नेम र पासवर्डको प्रयोगमा कुनै भेरिफिकेशन आवश्यक छैन । विभागले युजर नेम र पासवर्डमा कडा सुरक्षा प्रणाली अपनाउनु पर्ने देखिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्