Shikhar Insurance
National Life

फागुन अन्तिम साता नेपाल आउँदै क्रेटा ईभी, यस्ता छन् विशेषता

सिंहदरबार संवाददाता
२०८१ माघ ९, बुधबार १३:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । हुन्डाईको नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ । नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनाको अन्तिम साता क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको हो ।

ग्राहकहरूमा क्रेटा ईभी प्रति आकर्षण देखिएकाले नेपालमा ल्याएको कम्पनीले जानकारी दिएको छ । क्रेटा ईभीमा ८ किलोमिटररकिलोवाट घण्टा उत्कृष्ट कार्यक्षमता छ । जसले दिगो ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

के-के छन् विशेषताहरु 

विविध आवश्यकताका लागि दुई ब्याट्री विकल्प९ ४२ किलोवाट आवर्स ब्याट्री प्याक (प्रारम्भिक संस्करण) अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) का अनुसार यसको प्रमाणित रेन्ज ३९० किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३००-३३० किमी रहेको छ ।

५२ किलोवाट आवर्स ब्याट्री प्याक (लङ रेन्ज संस्करण) एआरएआईका अनुसार यसको प्रमाणित रेन्ज ४७३ किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३९०–४२० किमि रहेको छ ।

नेपालको अनौठो भूभागका लागि डिजाइन  २०० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स जसले दुर्गम र विविध सडकहरूमा सजिलो यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । उच्च टर्क डेलिभरीले सहरी सडक, पहाडी क्षेत्र, र अफरोड अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ ।

उन्नत सुरक्षाका साथै ऊर्जा कार्यक्षमता 

रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले बारम्बार ओरालो ड्राइभिङको बेला ऊर्जाको अधिकतम पुनस्प्राप्ति सुनिश्चित गर्दछ । एडीएएस प्रणालीले सुरक्षालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ ।

चिसो मौसममा उत्कृष्ट प्रदर्शन 

यसमा उन्नत थर्मल व्यवस्थापन र ब्याट्री हिटिङ प्रणाली रहेको छ, जुन हिमाली क्षेत्रका लागि उपयुक्त छ । छिटो र सुविधाजनक चार्जिङ : ११ किलोवाट एसी होम चार्जिङ क्षमताले गाडीलाई केवल ४ घण्टामा पूर्ण चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्रेटा ईभीमा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ र उन्नत इन्फोटेनमेन्ट प्रणाली रहेको छ । कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ । भारतमा लगभग ७० प्रतिशत स्थानीयकृत उत्पादनले हामी जस्तै नजिकको बजारको लागि किफायती र पर्यावरण मित्रता सुनिश्चित गर्दछ।

हुन्डाई क्रेटा ईभी नेपालको दिगो मोबिलिटीको भिजनका लागि उपयुक्त छ, जसले ईभी बजारमा नयाँ बेन्चमार्क स्थापित गरेको छ। यो नेपाली ग्राहकहरूका लागि बहुमुखी, पर्यावरण मैत्री र व्यावहारिक समाधान हो, जसले आगामी वर्षहरूमा विश्वसनीयता र आराम सुनिश्चित गर्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्