Shikhar Insurance
National Life

कठिन अवस्थामा रहेका बैंकरहरुले के चाहिरहेका छन् ? ‘रिकभरी स्ट्रेस र कर्मचारी सुरक्षा थ्रेट बढ्यो’

रोशनी तामाङ
२०८१ माघ ८, मंगलवार १९:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको पहिलो ६ महिनाको वित्तिय विवरण वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार बैंहरुको औषत वितरण योग्य नाफा ३ अर्ब ९७ करोडले ऋणात्मक देखिएको छ ।

बैंकहरुको औषत खराब कर्जा ४.४९ प्रतिशत पुगिसकेको छ भने प्रतिशेयर आम्दानी १४.७१ प्रतिशतमा झरेको छ । यस्तै, रिटर्न अफ इक्वीटी (आरओआई) ७.७३ प्रतिशतमा सिमित छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल बैंकर एशोसिएसन (एनबिए) का अध्यक्ष सन्तोष कोइरालाले बैंकहरुमा रिकभरी स्ट्रेस बढ्दै गएको बताएका छन् । बैंकले दिएको ऋण उठाउन कर्मचारीहरु माथी नै सुरक्षा थ्रेट हुन थालेकोले रिकभरी स्ट्रेस अझै बढ्न सक्ने उनले संकेत गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा उनले भने, “बैंकहरुमा रिकभरी स्ट्रेस बढ्दै गएको छ, रिकभरीमा जाने बैंकका कर्मचारीहरु अहिले असुरक्षित महसुस गरिहरका छन्, हामीले सुरक्षा निकाय र सरकारको समेत ध्यानाकर्षण गराइरहेका छौं, यसपछि स्थानीय निकायले पनि सहयोग गरिरहेका छैनन्।”

यस्तो छ बैंकर्स संघले देखेको मुख्य चुनौति

चालु वर्ष राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको भएपनि अपेक्षित गतिमा कर्जा प्रवाह हुन सकेको छैन। चालु वर्षको ६ महिनाको तथ्यांक अनुसार ४ खर्ब ७२ अर्ब ६० करोड कर्जा प्रवाह भएको छ । यो अवधिमा निक्षेप भने ५ खर्ब ८९ करोड १० करोड संकलन भैसकेको छ ।

जसअनुसार सिडी रेसियो ७९.१० प्रतिशतमा सिमित भैसकेको छ । एनबिएले कर्जाको माग बढ्न नसकेको उल्लेख गरेको छ । तर कृतिम माग सिजर्ना गरी कर्जा प्रवाह गर्न नहुनेमा पनि एनबिए सजग छ । ऋण नबढ्नुमा व्यापार तथा व्यावसायीहरुको मनोवल कमजोर भएको एनबिएको तर्क छ ।

यसकारण सरकारले निजी क्षेत्रको मनोवल उकास्नु पर्नेमा जोड दिएको छ । बैंकहरुको खराब कर्जामा निरन्तर बढोत्तरी हुनु हालको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो समस्याको रुपमा लिएको छ । औसत खराब कर्जाको दर नै ४.४९ प्रतिशत पुगिसकेको छ । खराब कर्जाको रिकभरीका लागि विभिन्न समस्याहरु उत्पन्न भएका छन् । खराब कर्जा असुल उपर गर्न जाने बैंकका कर्मचारीहरुमा आक्रमणको प्रयास हुन थालेको छ ।

यस्तै, स्थानीय सरकारले पनि ऋणीको कुरा सुनेर समयमै काम नगर्ने प्रवृति बढ्दै गएको छ । घट्दो नाफादरलाई पनि बैंकर्स संघले चुनौतिको रुपमा लिएको छ । एनबिएका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले घट्दो नाफाले बैंकमा लगानी गर्नेहरु निराश हुनु परेको बताए । उनले भने, “बैंकहरुले यति अर्ब कमायो भनेर हल्ला गर्ने गरिन्छ तर त्यसमा भएको लगानी पनि हेर्नुपर्छ, एक अर्ब नाफा कमाउन कति लगानी गरेको छ । कति जोखिम उठाएको छ । बैंक धेरै पारदर्शी व्यावसाय हो, यसमा धेरै निकायको कडा अनुगमन र कडा नियमन छ ।”

यसैगरी, बढ्दो महँगीलाई पनि एनबीएले चुनौतिको रुपमा लिएको छ । प्रत्येक वर्ष बाहिरिने युवा जनशक्तिले पनि नेपाली अर्थतन्त्रमा गम्भिर असर पार्ने एनबिएको निष्कर्ष छ ।

के चाहान्छन् बैंकर ?

वाणिज्य बैंकहरु कठिन समयबाट गुज्रिरहेकोले बैंकको अवस्था सुधार गर्न राष्ट्र बैंकले धेरै कामहरु गर्नुपर्ने उल्लेख गरेको छ । कम नाफाका कारण बैंकहरुमा लगानीकर्ताहरु आफ्नो लगानीलाई नै जोखिमको रुपमा लिन थालेका छन् । यसका लागि सेवा शुल्क तथा चार्जहरु बढाउनु पर्ने बैंकरहरुले माग गरेका छन् । यसैगरी, बेस रेट र स्प्रेड दर पनि परिवर्तन गर्न बैंकरहरुले सुझाएका छन् । डाइरेक्ट ल्यान्डिङ रिक्वायरमेन्टहरु परिवर्तन गर्नुपर्ने एनबीएले उल्लेख गरेको छ ।

यस्तै, खराब कर्जाका लागि बैंकहरुले गर्ने प्रोभिजनिङको व्यवस्था पनि परिवर्तन गर्न गर्नु पर्नेमा जोड दिएका छन् । बैंकका कर्मचारीहरुको सुरक्षामा ध्यान दिन सरकारसँग पटक-पटक माग गरिरहेका छन् । सरकारले पुँजिगत खर्ब बढाउनु पर्नेमा एनबिएले जोड दिएको छ ।

चालु वर्षको ६ महिनामा सरकारले ५ खर्ब ७५ अर्ब १९ करोड राजस्व संकलन गरेको छ । खर्चतर्फ सरकारले ६ खर्ब ६७ अर्ब ६१ करोड खर्च गरेको छ । सरकारको आम्दानीको तुलनामा आम्दानीको तुलनामा खर्च ९२ अर्ब भन्दा बढी छ । यो अवधिमा सरकारले पुँजिगत खर्च ५६ अर्ब ९३ करोड मात्रै गरेको छ । चालु वर्ष ३ खर्ब ६७ अर्ब २८ करोड खर्च गर्ने सरकारको लक्ष्य छ । तर सरकारले खर्च बढाउन सकिरहेको छैन ।

वैदेशिक लगानीलाई आकर्षित गर्न कदमहरु चालिनुपर्ने, सार्वजनिक निजी साझेदारीलाई बढाउनु पर्ने, सहुलियतको प्याकेजहरु ल्याउनु पर्ने उल्लेख छ । यसैगरी, सरकारले भुक्तानी गर्न बाँकी रहेका रकमहरु तत्कालै भुक्तानी गर्नुपर्ने र पर्यटन र जलविद्युत क्षेत्रलाई प्रोमोट गर्नुपर्ने बैंकरहरुले बताएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्