Shikhar Insurance
National Life

हेटौँडा उपमहानगरपालिकाले ६ महिनामा उठायाे १९ करोड राजस्व

सिंहदरबार संवाददाता
२०८१ माघ ८, मंगलवार १२:००
Hyundai
NCELL
NIMB

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८०।८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा ३ करोड १२ लाख बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो चालु आवको छ महिनामा सम्पत्ति करबाट ४ करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट २ करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट २ करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट १ करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट  एक करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्