Shikhar Insurance
National Life

लन्डनमा खुल्यो नेपाली गहना पसल

सिंहदरबार संवाददाता
२०८१ माघ ८, मंगलवार १८:२०
Hyundai
NCELL
NIMB

बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचाँदीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय सुरु गरेका हुन् ।

बेलायतस्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिबासी जनजाती महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उद्धाटन गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि ब्यपारिक केन्द्रको रुपमा समेत बिकास हुदै गइरहेको छ । नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरु सञ्चालनमा रहेका छन् ।

नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र शुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन ब्यबसायमा आफुहरु आकर्षित भएको गायक श्यामले बताए । सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा बिभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन् ।

‘हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकालाका साथमा नेपालीहरुको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरुको साँस्कृतिक बाजा लगायत बिभिन्न शोभनिरका सामाग्रीहरु सुफत मुल्यमा बेच्न राखेका छौँ । यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत बिश्वभरी डेलिभरीको ब्यबस्था समेत गरेका छौँ’ जानुकाले थपिन् ।

गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरी गरिसकेका छन् ।

गायक श्यामले भने, ‘आफुहरु नेपालमा पनि ब्यबसायको थोरबहुत अनुभब लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ ब्यबसाय शुरु गर्न त्यति धेरै चुनौती छैन । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ ।’

गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरु लोपप्रिय छन् । पछिल्लो समय मुन्दुम ट्रेलका प्रबद्र्धकका रुपमा समेत चर्चा कमाएका उनल।‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत वर्ष सार्वजनिक भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्