काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताए । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
‘कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिँदा राष्ट्र बैंकले नियन्त्रणमा लिनु पर्यो । त्यो बेलासम्म अडिटर, रेगुलेटर कहाँ थियो ?’ भट्टराईले भने ‘बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिन भएको होइन । हरेक वर्ष हुँदै आएको हो । यो व्यवस्थापन देखि रेगुलेन्टरसम्मको कमजोरीले यस्तो भएको हो ।’
उनका अनुसार बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पत्ति धितोमा छ । घरजग्गा धितोमा ६६ प्रतिशत छ । सम्पत्ति धितोका कर्जाहरू वृद्धि भएका छन् । अन्यमा कम हुँदै गएको छ ।
अहिले बैंकहरु दुई वटा समस्यामा रहेको औँल्याउँदै उनले भने, ‘पहिलो खराब कर्जा बढ्दै जाने र क्यापिटल टाइट हुँदै जाने समस्या छ । निपेक्ष नलिने समस्या छ । तरलता थुप्रिएर बसेको छ । तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था छ । भएको अहिले हामी क्रेडिट क्रन्चमा छौँ । यदि बैंकहरुमा तरलता अभाव भएको भए आज सार्वजनिक भएको बैंकको नाफा ४।९ भन्दा माथि हुने थिएन ।’
बैंकहरुको प्रोभिजनिङ र खराब कर्जा छुट्याउन सक्यौँ भने अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने उनको दाबी छ । ‘जहाँ बैंकहरुमा ८ प्रतिशत पुग्न लागेको खराब कर्जालाई निराकरण गर्न सक्छौँ । बैंकहरुमा ८ प्रतिशत खराब कर्जा पुग्छ । यदि बैंकहरुमा ८ प्रतिशत खराब कर्जा पुग्यो भने प्रोभिजनिङ के गर्ने ?’ उनले प्रश्न गरे ।
उनका अनुसार बैंकले कुनै पनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था भयो भने बैंकहरुले शतप्रतिशत नाफा नोक्सान एकाउण्टमा खर्च लेख्नुपर्छ । सेयर लगानीकर्तालाई लाभांश दिन सकिँदैन । बैंकको परिस्थितिको कारणले गर्दा नाफा बाँड्न सकिएन ।
यो वर्ष बैंकहरुले ३१ अर्ब रुपैयाँ प्रोभिजन राखी सकेको छ । अघिल्लो वर्ष देखि हेर्दा २६७ अर्ब रुपैयाँ प्रोभिजनबाट सेयर होल्डरले पाउने नाफा र सरकारले पाउने करमा पनि असर परेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्