काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भेटघाट सुरु भएको हो ।
कार्यदल स्तरिय बैठक सकारात्मक भएको भन्दै अध्यक्ष र बरिष्ठ नेता छलफलमा बसेका हुन् । ओलीले २०७५ जेठ २ अघिको पार्टी संरचनामा जान तयार रहेको सन्देश पठाएपछि बरिष्ठ नेता नेपाल छलफलका लागि तयार भएको श्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्