काठमाडौं । लक्ष्मी सनराइज बैंकले ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । बैंकले बैंकले माघ ७ गते प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब १६ करोड बढी नाफा आर्जन गरेको हो ।
बैंककाे नाफा गत वर्षको तुलनामा ९.७१ प्रतिशतले बढी हो । गत वर्ष सो अवधिमा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
पुसमसान्तसम्मा बैंकमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने बैंकले गत वर्ष सो अवधिमा ५ अर्ब ६५ करोड रहेको थियो ।
चालु आवमा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने निक्षेप संकलन ३ खर्ब ४० अर्ब ४९ करोड रहेको छ । पुसमसान्तसम्मा बैंककाे सञ्चालन नाफा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँ रहेको छ भने कर्जा २ खर्ब ६७ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब २८ करोड २८ लख रुपैयाँ रहेको छ । सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९.५५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ७२.५ रुपैयाँ रहेको छ । खराब कर्जा (एनपीएल) २.११ प्रतिशतमा पुगेको छ ।
सोहि अवधिमा बैंकको कष्ट अफ फण्ड ५.०५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्