Shikhar Insurance
National Life

२० वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा २६ अर्ब, ६ बैंकको ‘नेगेटिभ’

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । समीक्षा अवधिसम्म सञ्चालनमा रहेका बैंकहरुको कुल वितरणयोग्य नाफा २६ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ बैंकहरुको वितरणयोग्य नाफा घटेको छ भने १४ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा बढेको छ । बढेका १४ कम्पनीहरुको वितरणयोग्या नाफा २६ अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने ६ बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वितरणयोग्य नाफा घट्नेमा कुमारी बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रहेको छ भने बढ्नेमा प्रभु बैंक, कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, एनआइएमबी बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

चालु आवको दोस्रो त्रैमासिक अवधिमा सबैभन्दा धेरै वितरणयोग्य नाफा कुमारी बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा ६ अर्ब ४७ करोड रहेको छ । गत आवको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ प्रतिशत रहेको थियो । गत आवको तुलनामा बैंकको वितरणयोग्य नाफा घटेको हो ।

सबैभन्दा धेरै वितरणयोग्य नाफा रहेको बैंकहरुमध्ये दोस्रो नम्बरमा हिमालयन बैंक रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत आव बैंककोे वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, तेस्रो नम्बरमा प्रभु बैंक रहेको छ । बैंकको ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने गत आवको सोेही अवधिमा १ अर्ब ८६ रुपैयाँ रहेको थियो । कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकको वितरणयोग्य नाफा ७५ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, चालु आवको दोस्रो त्रैमासमा नेपाल बैंककोे वितरणयोग्य नाफा बढेको छ । बैंकको वितरणयोग्य नाफा ६० करोड रुपैयाँ रहेको छ भने गत आवमा बैंकको यस्तो नाफा ५६ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा बढेको छ । चालु आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने गत आवमा यस्तो नाफा ४० करोड रुपैयाँ रहेको थियो । सिटिजन्स बैंकको वितरणयोग्य नाफा १५ करोड रुपैयाँ रहेको छ । गत आव बैंकको वितरणयोग्य नाफा २१ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ अर्ब ६४ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १६ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, नबिल बैंककको १ अर्ब ८९ करोड रुपैयाँ, एनआइएमबी बैंकको २ अर्ब ८६ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब २० करोड रुपैयाँ, एनआईसी एशिया बैंकको २ अर्ब ६५ करोेड रुपैयाँ, वितरणयोग्य नाफा रहेको रहेको छ भने एनएमबी बैंकको १ अर्ब ३२ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकको १ अर्ब ८४ करोड रुपैयाँ, सानिमा बैंककोे १ अर्ब ७९ करोड रुपैयाँ, ५६ करोड रुपैयाँ र स्टान्डर्ड चार्टर्ड बैंकको १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्