काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९ सय ८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ
सोमबार ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार रिभर फल्स पावर कम्पनीको सर्वाधिक कारोबार भएके छ । कम्पनीको २४ करोड १ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय २८ रुपैयाँ पुगेको छ ।
सोमबार मानुसी लघुवित्तको सेयर मूल्य ९.५ प्रतिशतले बढेको छ भने ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्