काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ रुपैयाँ रहेको छ भने बैंकले ४ खर्ब ८० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
त्यस्तै, बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.७० प्रतिशत, प्रतिसेयर आम्दानी (ईपीएस) २४.०५ रुपैयाँ, पीई रेसियो २०.३६ प्रतिशत, प्रतिसेयर नेटवर्थ २१९.०१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्