काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष दोस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पुसमसान्तसम्ममा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ नाफा आजैन गरेको हो ।
बैंकको नाफा गत आवको सो अवधिको तुलनामा ४५.६१ प्रतिशतले बढी हो । गत आव सो अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख नाफा कमाएको थियो ।
सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रहेको छ भने सञ्चालन नाफा २ अर्ब ९६ करोड रहेको छ ।
पुसमसान्तसम्मा बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
सो अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ भने पुस मसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा पुगेको भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा पुगेको छ ।पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ५.४८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्