काठमाडौं । कुमारी बैंकले दोस्रो त्रैमामा २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८१।०८२ को दोस्रो त्रैमाससम्मको विवरण अनुसार यस्तो देखाएको हो ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा बैंकको ७२ करोड १५ लाख रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ५१ पैसा रहेको छ । सो अवधिमा बैंकको कष्ट अफ फण्ड ५.४० रहेको छ भने बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्