Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले कमायो ८० करोड ७३ लाख खुद नाफा

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक दोस्रो त्रैमाससम्मामा ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफामा अघिल्लो आवको तुलनामा सामान्य वृद्धिभएको छ । अघिल्लो आव सोहि अवधिमा बैंकको नाफा ८० करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार वितरणयोग्य मुनाफा १६ करोड ६२ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आव पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने गत आव १ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

सोहि अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आव सोहि अवधिमा १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रहेको छ भने जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकको खराब कर्जा (एनपिएल) १.९७ रहेको छ भने प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ रहेको छ । पुस मसान्तसम्मा बैंकको आधार अनुपात ७.४१ रहेको छ ।

सो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ रहेको छ भने बैंकको कष्ट अफ फण्ड ४.८२ रहेको छ । पुसमसान्तसम्मा निक्षेप संकलन १ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ छ।

GBIME

प्रतिक्रिया दिनुहोस्