Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार ०८:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ महिनामा २ अर्ब ८३ करोड बढी खुद नाफा कमाएको छ । बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को देस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफ २ अर्ब ८३ करोड २३ लाख २६ हजार नाफा कमाएको छ ।

बैंकले गत आव सोहिको तुलनामा बैंकको खुद नाफा ५७.१८ प्रतिशतले नाफा कमाएको छ । गत आव सोहि अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाखरुपैयाँ नाफा आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी  ७ अर्ब ३६ करोड पुगेको छ  भने सञ्चालन नाफामा ४ अर्ब ४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ रहेको छ भने  बैंकको निक्षेप संकलन ४ खर्ब ४० अर्ब ८७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको छ भने बैंकले जगेडा कोषमा ३१ अर्ब ८९ करोड ५ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १६.६० प्रतिसेयर नेटवर्थ १८५ रहेको छ । सो अवधिमा  बैंकको खराब कर्जा ५.८६ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फण्ड ४.६३ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्