काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कोशी प्रदेशमा कुल १ खर्ब ७४ अर्ब १८ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था: संक्षिप्त विवरण’ अनुसार बैंकहरुले २०८०/८१ मा कोशी प्रदेशको ५ क्षेत्रमा सो लगानी गरेका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको संक्षिप्त विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा धेरै कृषि क्षेत्रमा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कोशी प्रदेशमा ९५ अर्ब २५ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, कोशी प्रदेशको साना तथा मझौला उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले ६८ अर्ब २२ करोड २६ लाख रुपैयाँ लगानी गरेका छन् भने पर्यटन क्षेत्रमा १० अर्ब ३९ करोड ३५ लाख रुपैयाँ र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख रुपैयाँ लगानी गरेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्