काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारएनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएके छ । कम्पनीको २६ करोड ८५ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ३९ रुपैयाँ पुगेको छ ।
साथै, सुपर मादी हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्