Shikhar Insurance
National Life

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से १७ अंकले घट्दा १ सय १६ कम्पनीको सेयर मुल्य गिरावट

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारको ओरोला यात्रा बुधबार पनि कायमै छ । साताको पहिलो दिनबाट नेगेटिभ बन्दै आएको नेप्से परिसूचक बुधबार पनि सोही लय समातेको हो ।

साताको चौथो दिन नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा आइपुगेको छ । परिसूचक ०.६ प्रतिशतले घटेको दिन १ सय १६ कम्पनीको सेयर मुल्यमा गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसक्रममा बजारमा १ करोड १६ लाख कित्ता सेयर ४ अर्ब ५८ करोड रूपैयाँमा किनबेच भएका छन् ।

कारोबार रकम अघिल्लो दिनभन्दा केही करोड बढी हो ।

बुधबार सबैभन्दा बढी कारोबार छिमेकी लघुवित्तको सेयरको भएको छ । नेप्से घटेको दिन अपर तामाकोशीको मूल्य सबैभन्दा बढी ५.४५ प्रतिशतले घटेको छ ।

हिजो नेप्से परिसूचक ५.२४ अंकले ऋणात्मक बन्दा ४ अर्ब २२ करोडको मात्र सेयर किनबेच भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्