Shikhar Insurance
National Life

६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज

सिंहदरबार संवाददाता
२०८१ माघ ४, शुक्रबार १६:०८
Hyundai
NCELL
NIMB

चितवन । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा १ लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता निकुञ्जमा ५३ हजार एक सय तीन जना नेपालीले भ्रमण गरेका छन् । सार्क मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् । आन्तरिक पर्यटक बढी रहेको थापाले बताए । पर्यटकबाट १३ करोड एक लाख ४६ हजार चार सय ५० राजस्व सङ्कलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो ।

यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ । माघ ३ गते निकुञ्जको धु्रव पोष्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको छ । उक्त गैँडा प्राकृतिक कारण मरेको आशङ्का गरिएको छ । मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित रहेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ वटा गैँडा मृत भेटिएका छन् । जसमध्ये पाँच भाले, पाँच पोथी र लिङ्ग पहिचान नभएका तीन रहेका छन् । मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्