काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले काम गर्नकै लागि कानून बनाएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, इप्पानको कार्यक्रममा बोल्दै उनले काम गर्नका लागि कानुन तयार पारेकोले यसमा कसैले पनि रोईकराई गर्न आवश्यक नरहेको स्पष्ट पारेका हुन् ।
उनले भने, सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानुन बनाएको होु मुलुकको अवरोध गरेका सबै कुराहरुलाइ फुकाउदै अगाडि बढ्ने हो । हामी निजी क्षेत्रसंग मिलेर नै अगाडी बढ्ने हो । डर नमानि, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गर्दछु ।’
हामीले उत्पादन बढाउन र बिक्रि गर्न सकेनौं भने नेपाली समृध्दि ल्याउन नसक्ने उनले बताए । समृद्वि र रोजगारी सिर्जना गर्नकै लागि सरकारले काम गरिरहेको उनले दाबी गरे ।
जलविद्युतमा क्षेत्रमा लगानी गर्न डराउनु पर्ने अवस्था नरहेको समेत उनले स्पष्ट पारे । बजार सुनिश्चित रहेकाले ढुक्कले लगानी गर्न समेत उनले आग्रह गरे । आन्तरिक खपतलाइ पहिलो प्राथमिकता दिने उनले दाबी गरे । बाकी रहेको मात्रै बिजुली बेच्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्