Shikhar Insurance
National Life

सन् २०२४ मा एनसेलको व्यापार ३४ अर्ब ६ करोड, सरकारको असहयोगबिच तग्रिंने प्रयास गर्दै

सिंहदरबार संवाददाता
२०८१ माघ ४, शुक्रबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सन् २०२४ मा एनसेल आजियाटा लिमिटेडले ३४ अर्ब ६ करोड ८० लाखको अपरिस्कृत व्यापार गरेको छ । टेलिफोनको व्यापार घट्दै गएको अवस्थामा पनि ऐनसेलले उल्लेखनिय व्यापार गरेको हो ।

यद्यपी कम्पनीको व्यापार पछिल्ला वर्षहरुमा घट्दै गएको छ । भाइबर, ह्वाट्सएप, फेसबुक, म्यासेन्जर, वि च्याट, टिकटबाट कुराकानी गर्नेको संख्या बढेसँगै टेलिकमको व्यापार घट्दै गएको हो । टेलिफोनको व्यापार घट्दै गएपछि कम्पनीले अहिले डाटामा प्राइसवार गरि बिक्री बढाइरहेको छ । अन्य आइएसपीहरुको तुलनामा टेलिकम सेवा प्रादायकको नविकरण रकम बढी हुदाँ कम्पनीको व्यापारमा चुनौति बढ्दै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुरसंचार सेवा प्रदायक एनसेल आजियाटाले आयकर तर्फ आर्थिक वर्ष २०८०/०८१ मा दोस्रो धेरै ६ अर्ब ४२ करोड २७ लाख रुपैयाँ कर दाखिला गरेको छ । यस्तै, भ्याटतर्फ ३ अर्ब ४३ करोड ९३ लाख गरी कुल ९ अर्ब ८६ करोड ६७ लाख कर दाखिला गरेको छ । यसरी कम्पनीले एकै वर्ष ९ अर्ब ८६ करोड ६७ लाख कर दाखिला गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ मा कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२२ मा ३९ करोड ७२ करोड ५० लाखको व्यापार गरेको थियो ।

कम्पनीले २२ अर्ब ६० करोड ऋणको रेटिङ गराएको छ । गतवर्ष यस्तो ऋण २७ अर्ब २२ करोड ५० लाखको रेटिङ गराएको थियो । दीर्घकालिन ऋणका लागि १० अर्ब ६० करोडको ‘एल ए’ रेटिङ कम्पनीले प्राप्त गरेको छ । छोटो समयका लागि कम्पनीले १२ अर्बको ए वान रेटिङ प्राप्त गरेको छ ।

रेटिङ एजेन्सी इक्राले कम्पनीको व्यापार विस्तारमा सरकारको नीतिले गम्भीर असर पारेको उल्लेख गरेको छ । कम्पनीको प्राविधिक क्षमता वृद्धि गर्न समेत रेगुलेटरी निकायले पटक-पटक अवरोध सृजना गरेपछि कम्पनीले अपेक्षित काम गर्न सकेको इक्राले जनाएको छ ।

सन् २००१ मा स्पाइस नेपाल लिमिटेडको नाममा दर्ता भएको कम्पनीले सन् २००५ बाट ‘मेरो मोबाइल’ ब्राण्डबाट जिएसएम मोबाइल सेवा सुरु गरेको थियो ।

यसपछि यूरोपियन टेलिकम जाइन्ट टेलिय सोनेराले कम्पनी किनेपछि कम्पनीको ब्राण्ड नेम ‘एनसेल’ राखेको थियो । यसपछि कम्पनीको सेयर सन् २०१६ मा आजियाटा ग्रुपले खरिद गरेको थियो । जसमा २० प्रतिशत शेयर सुनेभेरा क्यापिटल भेन्चर प्राली नेपालले २० प्रतिशत सेयर खरिद गरेको थियो । यसपछि सन् २०२३ मा शतप्रतिशत सेयर स्पेट्रालाइट युकेलाई बिक्री गरेको छ । यो कम्पनीको स्वामित्व नेपाली मुलका सिंगाहापुर नागरिक शतिशलाल आचार्यले खरिद गरेका छन् । यद्यपी हालसम्म सरकारले यो सेयर रिद बिक्रीको स्वीकृति प्रदान गरिसकेको छैन।

GBIME

प्रतिक्रिया दिनुहोस्