Shikhar Insurance
National Life

बेनी-मल्लाज सडक स्तरोन्नति, स्थानीयलाई आवतजावतमा सहज

सिंहदरबार संवाददाता
२०८१ माघ ४, शुक्रबार १२:२३
Hyundai
NCELL
NIMB

म्याग्दी । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ ।

उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुुका साथै दुर्घटनाको जोखिम थियो । घुुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पर्वत–बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र माइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उनले बताए । उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालु आर्थिक वर्ष २०८१/८२ मा रू ५० लाख विनियोजन गरेका थिए ।

सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारीसाधन आवतजावतमा सहज भएको जलजला–३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए ।

यसअघि आव २०७९र८० मा रू एक करोड १५ लाखको लागतमा सोही सडकको विभिन्न ठाउँमा चार सय सात मिटर दूरीमा सडक फराकिलो, उकालोमा आरसिसी ढलान, नाली, ग्याबियन जाली र मेसिनरी पर्खाल निर्माण गरिएको थियो ।

मल्लाजवासीलाई पालिका केन्द्र लामाखेत जान र व्यावसायिक कामका लागिसदरमुकाम बेनी जाने यो छोटो दूरीको सडक हो । विसं २०७३ मा मार्ग खुलेको तीन किलोमिटर दूरीको पर्वत–बेनी–मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएको छ । बाँकी ठाउँमा आगामी वर्ष स्तरोन्नति गरिने जनप्रतिनिधिले बताएका छन् ।

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत मल्लाजको भुरतुलाबाट लेकफाँटतर्फ कालोपत्रसहित स्तरोन्नति योजना निर्माणाधीन छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत गत असारमा जलजला वडा नं ४ को दोवदोवेबाट वडा न ३ र २ को मल्लाज हुँदै वडा नं १ बाँसखर्कको सिमानासम्म तीन किलोमिटर एक सय मिटर कालोपत्र र दुई सय ५० मिटर सडक ढलान भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्