Skip to content
Shikhar Insurance
National Life

ग्यापु मार्केटप्लेसको लकडाउन ह्याङ्गओभर सेल, ४० प्रतिशतसम्म छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली ई–कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै ‘लकडाउन ह्याङ्गओभर सेल’ को घोषणा गरेको छ । जुलाइ ७ देखि १३ (असार २३-२९) सम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा चालीस प्रतिशतसम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक एवम् सीईओ ज्ञानेन्द्र खडकाले जानकारी दिए ।

लोकप्रिय ब्रान्डका टीभी, वासिङ मेसिन, पङ्खा, कुलर, एसि, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधीमा सपिङ गर्ने मध्ये भाग्यशाली ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने खड्काले बताए । डिजिटल वालेट प्रभु पे, ई–सेवा, फोन पे साथै मेगा बैंक, एनएमबि बैंकको कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहार रहेको बताइएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ई-सेवामार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।

घर घरमा निःशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एकजनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्