Shikhar Insurance
National Life

एकै महिना १०२ ऋणीहरु विरुद्ध बैंकहरुको मुद्दा, को-कस्ले तिरेनन् ऋण (सूचिसहित)

रोशनी तामाङ
२०८१ माघ ६, आईतवार ०७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक र ऋणीहरुबिच विवाद चुलिदै गएको छ । सम्झौता अनुसार ऋणीहरुले ऋण नतिर्दा बैंकहरु धमाधम मुद्दा दायर गर्न बाध्य भएका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा मात्रै ऋण असुली न्यायाधिकरणमा १०२ वटा मुद्दा दर्ता भएका छन् ।  यी मुद्दाबाट अर्बौं कर्जा असुल गर्नुपर्ने ऋण असुली न्यायधिकरणको तथ्यांकमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुस महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ। बैंकले ३७ वटा मुद्दा दर्ता गरेको छ, जसमार्फत बैंकले कुल ३२ करोड ५२ लाख २८ हजार ६ सय ७५.११ रुपैयाँ असुल गर्नु पर्नेछ ।

एनआइसी एशिया बैंकले विभिन्न संस्थाहरू र व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। जसमा शुभम ट्रेडर्स, ए वान पोल्टी एण्ड लाइभस्टक प्रालि, गौतम इन्टरप्राइजेज, सन्कल्प केपीएस ट्रेडिङ्ग लगायत रहेका छन् ।

त्यसैगरी, कुमारी बैंकले २४ वटा मुद्दा दर्ता गरेको छ । जसबाट बैंकले १६ करोड ३५ लाख रुपैयाँ रकम उठाउनु पर्नेछ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ८ वटा, नबिल बैंकले ४ वटा र माछापुच्छ्रे बैंकले १ वटा मुद्दा दायर गरेका छन्।

ऋण असुली न्यायाधिकरणका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बैंकहरूले ऋणीहरु विरुद्ध तब मात्र मुद्दा दर्ता गर्छन् जब ऋणीहरूले तोकिएको समयमा ऋण चुक्ता गर्दैनन् ।

“ऋणीहरुले ऋण लिने बेलामा अहिले मैले यत्ति ब्याजदरमा ऋण लिएपछि बैंकको नियम अनुसार ब्याज बढ्छ/घट्छ भनेर अफर लेटरमा दुई पक्षिय सम्झौता गरेको हुन्छ । पैसा लिने बेलामा चाहिँ आँखा चिम्लेर ल्याप्चे लगाइहाल्ने अनि पछि ब्याज बढ्यो भनेर हुन्छ ऋणीहरुले ? बैंकहरु त्यो अफर लेटरमा लेखेको नियम भन्दा बाहिर जाँदैनन् । ऋणीहरुले तोकेको समयमा ऋण नतिरेपछि पेनाल्टी त लाग्ने नै भयो नि ।”

चालु वर्षको सार्न महिनामा ५६, भदौ महिनामा ७६, असोज महिनामा ३२, कार्तिक महिनामा ४६, मंसिर ७० र पुस महिनामा १०३ वटा मुद्दा दर्ता भएको छ । यसरी चालु वर्षको ६ महिनामै बैंक तथा ऋणीहरुले ३८२ वटा मुद्दा दर्ता गरिसकेका छन् ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्