Shikhar Insurance
National Life

थाईल्यान्डकाे न्युइनर्जी भेइकल ब्रान्ड विधामा नेटा पहिलो स्थानमा

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुबिधालाई बिशेष ध्यानमा राखिदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

Neta V क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्त्वपूर्ण विकल्प हो । यसको ४०‍.७ kW ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० kW मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्ने कम्मपनीले जनाएको छ ।

१२० Nmटर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। Neta V छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० + किमि दायरा छ र यो CATL का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०,००० किमि वारंटी रहेको कम्पनीको दाबी छ ।

NETA X एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५  मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। CATL का अत्याधुनिक लिथियम आयरन फस्फेट कम्पनीका अनुसार ब्याट्रीहरूले सुसज्जित NETA X ले पनि ८ वर्ष वा १८०००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ।

यी सुविधाहरूले NETA X लाई एक बहुपरकारी र पर्यावरणमैत्री SUV को रूपमा आकर्षक विकल्प बनाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्