काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले बैंकको चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९.५५ रुपैयाँ पुगेको छ । साधारण सभाले आव ०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्